भारतीय अभिनेता इरफान खानको ५४ बर्षमै निधन

,   १७ बैशाख २०७७, बुधबार, १२:५६ pm   
irfan_khan

काठमाडौं । भारतीय अभिनेता इरफान खानको अल्पायुमै निधन भएको छ । कोलोन इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएका खानको ५४ बर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चार माध्यमहरुले उनको निधन भएको समाचार प्रकाशित गरेका छन् । थुप्रै चलचित्रमा विशेषगरी खलनायकको भूमिका खेलेका खान गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि मुम्बईको कोकिलाबेन अस्पतालमा कोलोन इन्फेक्सनको उपचार गराइरहेका थिए । एजेन्सी

aecc