फेरि तीन जना कोरोना संक्रमित थपिए, तीनै जना बारा पर्साका क्वारेन्टाइनमा रहेकाहरु

Advertisement

काठमाडौं । थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बारा र पर्साका क्वारेन्टाइनमा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजना हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको कोभिड १९ पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये दुई जनालाई सिमराको क्वारेन्टाइन र एकजनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ । थप तीन जनासहित कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement