मध्यपुर र श्री मेमोरियल हस्पिटललाई सनराइज बैंकले हस्तान्तरण गर्यो पीपीई

Advertisement

काठमाडौँ । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गर्दै आएको छ ।

यसैक्रममा बैंकले मध्यपुर हस्पिटल, ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)१२ थान प्रति हस्पिटलका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र श्री मेमोरियल हस्पिटलका डाइरेक्टर डा. शिवजीविक्रम सिलवाललाई हस्तान्तरण गरेका हुन् ।

हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराई सकेको छ । अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ । अहिलेको परिस्थितीमा डिजिटल बैकिङ्ग कारोबार गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गर्दै बैंकले आफ्नो सबै डिजिटल माध्यमहरुबाट सुरक्षित तरिकाले कारोबार गर्न सकिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement