चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

Advertisement

काठमाडौँ । चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । बलिउडका चर्चित अभिनेता उनी क्यान्सरबाट पीडित भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

उनका भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

हिजोमात्रै भारतीय अभिनेता इरफान खानको अल्पायुमै निधन भएको थियो । कोलोन इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएका खानको ५४ बर्षको उमेरमा निधन भएको हो । थुप्रै चलचित्रमा विशेषगरी खलनायकको भूमिका खेलेका खान गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि मुम्बईको कोकिलाबेन अस्पतालमा कोलोन इन्फेक्सनको उपचार गराइरहेका थिए । एजेन्सी

Advertisement

Advertisement

Advertisement