काँग्रेस वरिष्ठ नेतालाई जापानले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने

Advertisement

काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड सभामुखसमेत रहेका नेता पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।

जापान सरकारले बिहीबार यो निर्णय गरेको जनाउँदै दूतावासले नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

दूतावासको विज्ञप्तिअनुसार पौडेलले सभामुख भएको बेलामा जापान नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरिएको हो ।

Advertisement

Advertisement

Advertisement