लकडाउन भर नेपाल टेलिकमको इन्टरनेटमा २५ प्रतिशत छुट

Advertisement

काठमाडौं । लकडाउन अवधी भर नेपाल टेलिकमको इन्टरनेटमा २५ प्रतिशत छुट पाइने भएको छ । सरकारले नै नेपाल टेलिकमको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । निजी इन्टरनेट सेवा प्रदायकहरुले समेत २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउन सरकारले नेपाल दुर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

विद्युत, खानेपानी, टेलिफोन र इन्टरनेटको फागुन देखि चैतसम्मको शुल्क असार महिनासम्म तिर्न सकिने र त्यसमा जरिवाना नलिने घोषणा पनि सरकारले गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने नागरिकहरुलाई २५ प्रतिशत महसुल छुट दिने निर्णयले पनि निरन्तरता पाएको छ ।

Advertisement

Advertisement

Advertisement