कर्मचारीले ५० प्रतिशत तलब अहिल्यै पाउँने, बाँकी पैसा व्यवसाय सुरु भएपछि

Advertisement

काठमाडौं । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।

बाँकी ५० प्रतिशत रकम भने व्यवसाय सूचारु भएपछि मजदुर तथा कामदारहरुलाई उपलब्ध गराउनुपर्ने निर्णय सरकारले गरेको हो । निजी क्षेत्रले बैशाख महिनाको ५० प्रतिशत तलब मात्रै दिन सक्ने बताएका थिए ।

सरकारले पनि निजी क्षेत्रको माग अनुसार आधा तबल तत्काल दिनुपर्ने र बाँकी ५० प्रतिशत रकम व्यवसाय सुचारु भएपति दिनुपर्ने व्यवस्था गरिदिएको हो ।

Advertisement

Advertisement

Advertisement