चेम्बरको सरकारलाई सुझाव- अब 'लकडाउन' खुकुलो बनाऔं, अर्थतन्त्र चलायमान गर्नुपर्छ

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुकुलो पार्न नेपाल सरकारसँग माग गरेको छ । चेम्बरले आज मुख्यसचिव लोकदर्शन रेग्मीलाई संस्थाको तर्फबाट सुझाव हस्तान्तरण गर्दै यस्तो माग गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे चेम्बर कमर्सले अर्थ मौद्रिक तथा बित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन,स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुँदा र सुझाव अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

‘अब आर्थिक चलायमान गर्न लकडाउन पनि बिस्तारै भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउनु पर्छ । यसले आर्थिक चलयमान हुन्छ । अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिनु हुँदैन र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिनुभएन । यहाँ उद्योग खुल्यो भने मजदूरहरुले यहि रोजगारी पाउँछन्’–सुझाव पत्रमा उल्लेख छ ।

मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्ययन गरेर यसलाई अब आउने बजेटमा पनि र बीचबीचमा आउने मिटिङहरुमा पनि सबैसँग कुराकानी गरेर अघि बढ्ने बताए । नेपाल चेम्बर अफ कमर्सलाई व्यावाहरिक सुझाव दिएकोमा धन्यवाद पनि दिए ।

Advertisement

Advertisement

Advertisement