पुनः पक्राउ परेका सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छोडिदियो

Advertisement

काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ व्शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरे पनि अन्तिममा तारेखमा छोडिदिएको छ ।

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका उनलाई बिहीबार अदालतले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनीसँग बयान लिएर तारेखमा छोडिदिएको हो । लकडाउनपछि अनुसन्धान गर्ने गरी अग्रवाललाई छोडेको विभागले जनाएको छ । उनी गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा नक्सालबाट पक्राउ परेका थिए । उनले तीन गुणा बढि मूल्यमा थर्मल गन बिक्री गर्दागर्दै पक्राउ गरिएको प्रहरीले बताउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement