श्रमिक दिवसमा राणा र ढकालको आव्हान– अर्थतन्त्र पहिल्यैकै अवस्थामा फर्काउन मिलेर काम गरौं

Advertisement

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र निजी क्षेत्रको तर्फबाट गठन गरिएको रोजगारदाता परिषदका संयोजक चन्द्र ढकालले अर्थतन्त्रलाई पहिलेकै अवस्थामा फर्काउन मिलेर काम गर्न श्रमिकहरुलाई आव्हान गरेका छन् ।

१३१ औ अन्तर्राष्ट्रिय मे दिवस (श्रमिक दिवस)को अवसमा शुभ–कामना दिँदै उनीहरुले कोरोना भाइरस (कोभिड १९)को महामारीको चुनौतिसँग लडन् सरकार, निजी क्षेत्र र श्रमिकहरुसहित सिंगो मुलुक एक ढिक्का हुनुपर्ने जरुरी रहेको बताएका छन् ।

महासंघकी अध्यक्ष राणाले आजको समय अत्यन्त कठिन रहेको र सिंगो मानवजाती महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरससँग लडिरहेको बताउँदै उद्योग व्यवसाय ठप्प रहेको, अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटनलगायत सेवा क्षेत्र नराम्ररी थलिएको, अन्य उद्योग व्यवसाय पनि ग्रसित भइरहेका बताएकी छन् ।

उनले अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ भन्दै अहिले पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो भनेकी छन् । चाडै नै यो महामारी नियन्त्रणमा आउने आशा व्यक्त गर्दै राणाले सम्भावित चुनौतीसँग लड्न यतिखेर सरकार, निजी क्षेत्र, श्रमिक कामदार कर्मचारीहरूसहित सिंगो मुलु कनै एक ढिक्का भएर लागेको बताएकी छन् ।

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन आगामी दिनमा अझ बढी समझदारी र सहकार्यका साथ काम गर्नुपर्ने जरुरी रहेको उनको भनाई छ । राणाले कठिन चुनौतीको सामनाको साथै साझा समस्याको समाधान गर्न सफल हुने आशा व्यक्त गरेकी छन् ।

त्यस्तै, परिषद्का संयोजक चन्द्र ढकालले आज विश्व नोवेल कोरोना भाइरसको महामारीको संकटबाट गुज्रिरहेको र यसबाट बच्न धेरै मुलुकले बन्दाबन्दीको घोषणा गरेको बताउँदै यसका कारण सारा संसार नै ठप्प प्रायः हरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको स्मरण गर्दै उनले केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने अनुमान गरेको पनि पनि आफ्नो शुभकानमा सन्देशमा उल्लेख गरेका छन् ।

यी निकै प्रारम्भिक प्रक्षेपण मात्र भएको र कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित छ भन्दै ढकालले नेपाल विगत एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा रहेको, विकास निर्माणका कामहरू सबै ठप्प रहेको, उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेको, रेमिट्यान्सको आप्रवाह घट्दो रहेको, स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनी आफ्नो रोजगारीबाट विमुख भइरहेको बताएका छन् ।

अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान गएको, करोडौं मानिसले आफ्नो रोजगारी गुमाएको, त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्दैगएको भन्दै उनले विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थला पर्न लागेको बताएका छन् । ढकालले यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खा“चो छ भनेका छन् ।

उनले इतिहासको कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै श्रमिकहरुकोसुस्वास्थ्य र सुरक्षाको कामना गरेका छन् ।

Advertisement

Advertisement

Advertisement