कोरोना संक्रमित आज २ जना थपिए, कूल संख्या ५९ पुग्यो

,   १९ बैशाख २०७७, शुक्रबार, ०३:४५ pm   
Coronavirus_covid_19

काठमाडौँ । थप २ जनामा कोरोना संक्रमण पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । आज रुपन्देही र बाँकेका १–१ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । कोरोना संक्रमितको संख्या ५९ पुगेको र अहिलेसम्म संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।

aecc