एनएमबि बैंकमा अब फेसबुक म्यासेन्जरबाटै खाता खोल्न सकिने

,   १९ बैशाख २०७७, शुक्रबार, ०५:०४ pm   
nmb_bank_logo

काठमाडौँ । एनएमबि बैंकले फेसबुकको म्यासेन्जरबाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।

वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकहरुको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु प्स्किएको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ । ‘हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं’–बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

aecc

ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बैंकले जनाएको छ ।

“हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वर्पू योजना हो” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।