डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्यापन गराउने

Advertisement

काठमाडौं । डिशहोमले ‘लकडाउन’मा घरमै बसेका विद्यार्थीका विद्यार्थीका लागि अध्यापनका लागि ‘घरमै क्लास’ कार्यक्रम सुरु गरेको छ ।

डिरवाक लर्निङ सेन्टरको सहकार्यमा बैशाख २० गतेबाट कक्षा ४ देखि १० सम्मको अँग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलमा प्रसारण गर्न लागेको डिशहोमले जनाएको छ ।

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं. ११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं. ११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखि बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।

साथै विगत ६ महिनाभन्दा बढि समयदेखि विभिन्न कारण डिशहोम रिचार्ज नगरेका पूराना ग्राहकहरुका लागि डिशहोमले बैशाख २१ गते देखि लागू हुनेगरी ३० दिन सम्मका लागि सम्पूर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसँगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्ने डिशहोमको आशा आशा छ ।
नेपालका टिभी सेवा प्रदायकमध्ये सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको डिशहोमले उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्लामा सिग्नलको पहुँच पुर्याउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement