भारतमा लकडाउन दुई हप्ता थपियो, नेपालमा के होला ?

Advertisement

काठमाडौं । भारतमा लकडाउन दुई हप्ता थपिएको छ । भारत सरकारले ४ मेबाट सुरु हुने लकडाउन १७ मेसम्म लागु हुनेछ ।  गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सक्रमणलाई तीन क्षेत्रमा विभाजन गरेर लकडाउन बढाएको हो । यद्यपी हवाई जहाज, रेल, मेट्रो र एक राज्यबाट अर्काे राज्यमा हुने आवतजावत भने पूर्णत रोक लगाईएको छ ।

अरेञ्ज र ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा भने लकडाउन केहि खुकुलो गरिएको छ । बिशेष प्रकारका सेवाहरुका लागि भने गृह मन्त्रालयको अनुमतिले सडक, रेल र बायुमार्गको उपयोग गर्न सकिनेछ । शिक्षण संस्था, कोचिङ संस्थान लगायतका धेरै भिडभाड हुने क्षेत्र बन्द रहनेछन् ।

सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर नआउन भनेको छ । ६५ वर्ष माथीका वृद्धवृद्धा र १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई पनि बाहिर ननिस्कन भनेको छ ।

नेपालमा बैशाख २५ गते मध्यरातिसम्मका लागि लकडाउन कायम गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई हेरेर अरेञ्ज, ग्रीन र रेड जोन मार्किंग गर्दै लकडाउनलाई व्यवस्थित गर्नुपर्ने दबाव नेपालमा पनि बढिरहेको छ । सरकारले जेष्ठ पहिलो हप्तासम्म भने लकडाउन लम्ब्याउन सक्ने सम्भावना रहेको बताइन्छ ।

भारतमा ३० अप्रिलसम्म एक हजार ७४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाईसकेका छन् । तिमध्ये ६५ प्रतिशत पुरुष रहेका छन् । कोरोनाका कारण सबै भन्दा धेरै अमेरिकामा ६३ हजार ७ सय ६३ जनाले ज्यान गुमाएका छन् । दोश्रो नम्बरमा रहेको इटालीमा २७ हजार ९ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

Advertisement

Advertisement