ब्याजदर नियमन बैंकर्स संघले होइन, राष्ट्र बैंकले गर्नुपर्छः आचार्य

Advertisement

काठमाडौं । चाटर्ड एकाउन्टेन्ट्स एसोसियसन अफ नेपाल(आइक्यान)का अध्यक्ष कृष्ण प्रसाद आचार्यले बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदरमा नियमन आवश्यक रहेको बताएका छन् । आइक्यानले आयोजना गरेको कोभिड १९ ले वित्तिय क्षेत्रमा पारेको प्रभाव सम्बन्धी वेविनारमा अध्यक्ष आचार्यले बैंकको ब्याजदरमा नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने धारणा राखेका हुन् ।

विगत १० वर्षदेखि ब्याजदरको नियमन नेपाल बैंकर्स संघले अघोषित रुपमा गर्दै आएको र त्यसलाई नेपाल राष्ट्र बैंकको पनि मौन समर्थन रहेको बताउँदै अब भने केन्द्रिय बैंकको नियमन आवश्यक रहेको बताए ।‘विगत १० वर्षदेखि बैंकर्स संघले नै भद्र सहमतिमा ब्याजदर माथी नियन्त्रण गर्दै आएको देखिन्छ, त्यसमा राष्ट्र बैंकको पनि मौन समर्थन रहँदै आयो । अब भने नियमनकारी निकायले ब्याजदर नियमन गर्नुपर्छ’, अध्यक्ष आचार्यले भने ।

उनले तर्क र तथ्यहरुबाट पुष्टि हुने गरि बैंकहरुले लिने र दिने ब्याजदरको निर्धारण नियमनकारी निकायले गर्नुपर्ने बताए । उनले भद्र सहमतिका आधारमा अरुलाई अप्ठेरो पर्ने गरि अबको समयमा ब्याजदर निर्धारण गरिनु नहुने धारणा पनि राखे ।

उनले बीमा समितिले बीमा कम्पनीको लगानी कार्यबिधी पनि संसोधन गर्नुपर्नेमा जोड दिए । धितोपत्र बोर्डले पनि फरक खालका इन्भेष्टमेन्ट टुल्स जारी गर्नुपर्नेमा पनि जोड दिए । ठूला उत्पादन मुलक र पूर्वाधारका आयोजनामा लगानी जुटाउने गरि लगानीका टुल्स तयार गर्नुपर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement