एउटै जहाजमा तीनसय भन्दा बढि यात्रु बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

Advertisement

काठमाडौँ । एउटै जहाजमा तीन सयभन्दा बढि यात्रु बोकेर कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेरिसका लागि उडेको छ । लकडाउनका कारण नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिक लिन कतार एयरवेजको चार्टर उडान काठमाडौं आएको हो ।

विमानमा ५४ देशका ३०३ नागरिक शनिबार दिउसो पेरिस फर्किएको हो । फ्रान्सेली दूतावासले गरेको चार्टर गरेको यो उडानमा युरोप तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका र क्यानडा लगायतका देशका नागरिक छन् ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिमका बीच उल्लेख्य यात्रुलाई लिएर कतार एयरवेज फर्किएको हो । सरकारले जेठ २ गतेसम्मलाई आन्तरिक तथा बाह्य व्यवसायिक उडानहरुलाई प्रतिवन्ध लगाएको छ ।

Advertisement

Advertisement

Advertisement