ज्योति लाइफको सीईओमा प्रकाशविक्रम नियुक्त हुँदै, बीमा समितिले दियो स्वीकृति

Advertisement

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाशविक्रम खत्री नियुक्त हुने भएका छन् । हाल डेपुटी सीईओ पदमा कार्यरत खत्रीलाई सीइओ नियुक्तीका लागि बीमा समितिले स्वीकृति दिइसकेको छ ।

शुक्रबार खत्रीलाई सीईओ नियुक्तीका लागि बीमा समितिबाट स्वीकृति आएको र अब बोर्ड बैठकले उनलाई आधिकारिक रुपमा सीईओ नियुक्त गर्नेछ । कम्पनीको वेभसाइटमा भने सीईओ पदमा खत्रीको नाम समावेश गरिसकिएको छ ।

Advertisement

Advertisement

Advertisement