केपी ओलीले गल्ती स्वीकारे, वैशाख २५ गते स्थायी कमिटी बैठक, पार्टीले सरकार चलाउने

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार र पार्टी सञ्चालनमा गल्ति भएको स्वीकार गरेका छन । शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सरकार र पार्टीको दुबै मोर्चामा भएका कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेका हुन् । सचिवालय बैठकले अबदेखि पार्टीको आवश्यक सल्लाह र निर्देशनमा मात्रै सरकार सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले बैशाख २५ गते स्थायी कमिटीको बैठक डाक्ने निर्णय पनि गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बैशाख २४ गते सचिवालयको बैठक पुनः राख्ने निर्णय पनि गरेको छ ।
शनिबारको सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधी सभाको उम्मेदवार बनाउने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement