'तेश्रो अध्यक्ष' बनाउने प्रस्ताव माधव नेपालद्धारा ठाडै अस्विकार

Advertisement

काठमाडौं । नेकपा बरिष्ठ नेता माधव नेपालले तेश्रो अध्यक्ष बन्न गरिएको प्रस्ताव ठाडै अस्विकार गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बरिष्ठ नेता नेपाललाई नेकपाको तेश्रो अध्यक्ष बनाउने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले तेश्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव नेता नेपालले अस्विकार गरेको बताए । 'पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई तेश्रो अध्यक्ष बनाउने प्रस्ताव राख्नु भएको थियो, बरिष्ठ नेता नेपाल स्वयंले नै त्यसलाई अस्विकार गर्नुभयो ।' सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले अघिल्लो सचिवालय बैठकमा कोरोना संक्रमणको त्रास सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता नेपाललाई तेश्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

Advertisement

Advertisement

Advertisement