वैशाख २६ गते बजेट अधिवेशन बोलाउने मन्त्री परिषद्को निर्णय

Advertisement

काठमाडौँ । संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाइने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारले बजेट ल्याउनु अघि राष्ट्रपतिबाट नीति कार्यक्रम प्रस्तुत गरी संसदबाट छलफल गरी पारित गर्ने पर्ने हुन्छ । सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement