इञ्जिनियरिङ कलेजले ५५ जना विद्यार्थीलाई बाँड्यो राहत

Advertisement

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले आफना विद्यार्थीलाई राहत वितरण गरेको छ । लकडाउनसँंगै समस्यामा परेका कलेज आसपासको चाँंगुनारायण नगरपालिका वडा नं १, २, ३ र ४ वडाहरुमा डेरा गरी वस्ने ५५ जना विद्यार्थीलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरीप्रशाशन, कलेज सञ्चालक समितिका पदाधिकारीहरुको संयुक्त पहलबाट ५५ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्नातक तहको इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्य सामाग्री राहतस्वरुप हस्तान्तरण गरेको उनले जानकारी गराए ।

प्रतिविद्यार्थी साढे १२ किलोग्राम चामल, दुई थरीको दाल एकएक किलोग्राम, एक धार्नी आलु, एक प्याकेत नुन, एक लिटर तेल र एक प्याकेट गरम मशला वितरण गरिएको हो । विद्यार्थीहरुको डेराडेरामा गई राहत सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement