एकै दिन थपिए १० संक्रमित, वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टी

Advertisement

काठमाडौँ । पर्सा जिल्लाको वीरगञ्जमा १ र बाँके जिल्लाको नेपालगञ्जमा ९ जना गरी एकै दिन १० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । यी १० जना समेत गरी नेपालमा कूल कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा विकास देवकोटाले १० जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा आज दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत प्रवक्ता डा. देवकोटाले बताए ।

हालसम्म कोरोना संक्रमित भएका ६९ मध्ये यसअघि १६ जना उपचार पछि घर फर्किएका छन् । विराटनगरस्थित कोसी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement