'सरकारले भनेअनुसार श्रमिकलाई ५० प्रतिशतभन्दा बढि पारिश्रमिक दिनसक्ने अवस्थै हाम्रो छैन्'

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सरकारले भनेअनुसार श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढि पारिश्रमिक दिनसक्ने अवस्था नै आफूहरुको नरहेको बताएका छन् ।

संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आप्mना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको भन्दै अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको बताएका छन् ।

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ र परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखि उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि उनीहरुले सरकारसँग माग गरेका छन् ।

Advertisement

Advertisement

Advertisement