नबिल बैंकमा घरमै बसेर अनलाइनबाट खाता खोल्न सकिने, तत्कालै यस्ता सेवा पाइने

Advertisement

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सीमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ ।

उक्त सुबिधा अन्तरगत अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता डिजिटल बैंकिङ सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिङ सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान बैंकले जनाएको छ । देशभर ११८ शाखाहरु र १७७ एटिएम सञ्जाल रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement