सेभ द चिल्ड्रेनले स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गर्यो १ हजार ७ सय ४३ थान पीपीई

Advertisement

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शीरूपमा वितरण भइरहेको बातएका छन् ।

‘सेभ द चिल्ड्रेन’ले दिएको स्वास्थ्य सामाग्री मन्त्रालयमा आयोजित कार्यक्रममा ग्रहण गर्दै मन्त्री ढकालल कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिनसक्ने गरी प्रबन्ध गरिएको बताएका हुन् ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उनप्हरूको मनोबल उच्च बनाउनुपर्ने बताउँदै अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको उल्लेख गरे ।

ती सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको सङ्क्रमणबाट रोक्न सहयोग पुग्ने बताउँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा प्राप्त ऐक्यवद्धताका लागि आभार प्रकट गरे ।

सो अवसरमा सेभ द चिल्ड्रेनले पिपिर्इसहित १ हजार ७ सय ४३ सेट आदि सामग्री हस्तान्तरण गरेको थियो । सो संस्थाका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले थप सामग्री दिने तयारीसमेत रहेको जानकारी दिइन् ।

Advertisement

Advertisement

Advertisement