कर्पोरेट नेपालका सबै पत्रकार र कर्मचारीको कोभिड–१९ बीमा नेपाल इन्स्योरेन्स कम्पनीमा

,   २२ बैशाख २०७७, सोमबार, ०२:१५ pm   
corporate_nepal_insurance+agreement

काठमाडौं । कर्पोरेट नेपाल डटकम (बिजकेयर नेपाल प्राली)मा कार्यरत सबै पत्रकार र कर्मचारीको कोभिड–१९ बीमा नेपालकै जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा गरिएको छ । सोमबार नेपाल इन्स्योरेन्सका नायव महाप्रवन्धक विक्रान्त पाण्डे र कर्पोरेट नेपालका सीताराम विलासीबीच सम्झौता भएको हो । बीमितलाई यदि कोरोना संक्रमण रहेको पुष्टि हुनासाथै बीमा दावी भुक्तानी हुनेछ ।

सम्झौताअनुसार नेपाल इन्स्योरेन्सले कर्पोरेट नेपालका हरेक पत्रकार तथा कर्मचारीको एक लाख रुपियाँको कोभिड–१९ बीमा गर्ने छ भने कर्पोरेट नेपालले उक्त बीमा कम्पनीको प्रवद्र्धनमा सहयोग गर्नुपर्नेछ । कार्यक्रममा पाण्डेले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण भइहालेमा बिरामीलाई आर्थिक राहत प्रदान गर्न कोभिड–१९ बीमाले ठूलो सहयोग गर्ने भन्दै यस बीमाप्रति मानिसहरुको निकै आकर्षण देखिएको बताए ।

aecc