बढ्दैछ सोसल मिडियाको शक्ति

Advertisement

सोसल मिडियाका कारणले अहिले लगभग सबै मान्छेले आफ्ना मनका दिमागका कुरा लेख्न बोल्न भन्न थालेका छन् । पहिले र अहिलेमा के फरक छ भने अहिले प्रविधि छ त्यसको प्रयोगले क्षणमै अरू समक्ष पुर्याउन सकिन्छ, उहिले त्यो थिएन सानो समाज वा समूहमै कुरा चलेर हराउथ्यो, विलाउथ्यो ।

जुन समाजलाई अभिब्यक्तिको चाहना बढी थियो वा छ त्यही समाजले मिडिया र त्यसका अत्याधुनिक रूप सोसल मिडिया प्रविधिको आविष्कार गरेर विश्व भरिका जनतालाई सहज बनाईदिएको छ । अभिव्यक्ति स्वतन्त्रता कानुन भन्दा माथि हुन्छ यो मानवीय प्राकृतिक अधिकार र आवश्यकता हो ।

उहिले अभिब्यक्तिको असर सीमित हुन्थ्यो अहिले सार्वभौम असर हुन्छ । अभिव्यक्ति जहिले पनि उही रहँदै आएको हो, तर अहिले त्यसको प्रचार र व्यापकतामा प्रविधिको बेतोड बेजोड निर्णायक प्रभाव हुने गरेको छ । अहिले प्रविधिले गर्दा सेकण्ड सेकण्डमा हरेक व्यक्तिको किचेनमा होस कि लिभिंगमा, बाथरूममा होस् कि अफिसमा, डुल्दा होस् कि आराम गर्दा मुखैअगाडि जता पुगे पनि पछ्याउन नछाड्ने, बगिरहने, बहिरहने प्रत्येक सूचनाले प्रत्येक मान्छेलाई एकसाथ तरंगित उत्तेजित आक्रोशित र प्रतिक्रियात्मक पारिदिई रहेको हुन्छ र उसको प्रतिक्रियाले त्यसमा झन् गुणात्मकता ल्याईरहेको हुन्छ ।

तारन्तारको सूचनालाई कसरी सुब्यवस्थित सदुपयोग गर्ने, अहिलेको सूचना बिस्फोट युगमा आवश्यक सर्वाधिक महत्वको सीप बनेको छ । नभए मानिसले सहजै संतुलन गुमाउन पुग्छ र पुग्दै गएको पनि देखिदैछ। (उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् ।)

Advertisement

Advertisement

Advertisement