तारे होटल ६ महिना बन्द गर्ने र तलब घटाउने निर्णय प्रति मजदुरहरुले जनाए आपत्ति

Advertisement

काठमाडौँ । होटल संघ नेपाल(हान)ले कोरोना भाइरसका कारण संकट उत्पन्न भएको भन्दै ६ महिना तारे होटल बन्द गर्ने र कर्मचारीहरुलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय गरेको प्रति मजदुर संगठनहरुले आपत्ति जनाएका छन् ।

अलिख नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेण्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले विज्ञप्ति प्रकाशित गरी हानको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

हानले एकतर्फी रुपमा गरेको निर्णय आफूहरुलाई मान्य नहुने र श्रमिकहरुको पारिश्रमिक, सेवा सुबिधा र रोजगारीको संरक्षणका निम्ति संघर्षमा उत्रने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement