नेपालगञ्जमा थपिए ७ जना कोरोना संक्रमित

Advertisement

काठमाडौं । नेपालगञ्जमा कोरोनाका ७ जना नयाँ संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement