गभर्नर अधिकारीसँग कति छ सेयर ? दर्जन बाणिज्य बैंकदेखि  हरिसिद्धि इँटासम्म

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग दर्जन भन्दा बढी बाणिज्य बैंक देखि माइक्रोफाइनान्स कम्पनी, केहि जलविद्युत कम्पनी हुँदै हरिसिद्धि इँटा कारखानासम्मको सेयर रहेको पाईएको छ । अधिकारीले सार्वजनिक गरेको सम्पति विवरण अनुसार उनी र उनको परिवारसँग २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर छ ।

उनीसँग नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा लगायतका बैंक तथा वित्तिय संस्थाहरुमा सेयर रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टेमन्ट बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, मेरो माइक्रो फाइनान्स कम्पनी, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स कम्पनीमा सेयर रहेका छन् ।

गभर्नर अधिकार र उनकी श्रीमति सरिता अधिकारीको नाममा नविल ब्यालेन्स फण्ड–२ मा एक लाख ८० हजार इकाई रहेको छ । त्यस्तै, गभर्नर अधिकारी, सरिता अधिकारी, महिमा र सौगात अधिकारीको नाममा चिमिले हाइड्रो, एचआइडीसिएल, सानिमा माई, अपर तामाकोशी लगायतका हाइड्रो पावर कम्पनीहरुमा २७ हजार ९ सय २९ कित्ता सेयर छ । नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धी इँटा, ज्योति स्पिनिङमा ११ सय कित्ता सेयर रहेको छ ।

Advertisement

Advertisement

Advertisement