फेरि लकडाउन थप्न सिफारिस, जनजीवनमा अभाव र कष्ट बढ्दै, उद्योग व्यवसाय चौपट

Advertisement

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फेरि लकडाउन थप्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । यसअघिको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल गरे पनि समितिले मंगलबार भने फेरि लकडाउन थप्ने निर्णय गरेको हो ।

चिकित्सकहरुले नै कोरोना भाइरस रोकथामका लागि लकडाउन भन्दा परीक्षणलाई बढाउन सुझाव दिइरहेको र व्यवसायी र आमसर्वसाधारणले लकडाउन खुकुलो बनाउन आग्रह गरे पनि सरकारले फेरि यसको अवधि बढाउन इश्वर पोखरेल नेतृत्वको समितिले सिफारिस गरेको हो ।

लकडाउनको अवधि थप्दा मानिसको जनजीवनमा थप अभाव र कष्ट बढ्दै गएको छ भने उद्योगधन्दा चौपट भएको छ ।
प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो । यद्यपि अधिकांश अत्यावश्यक सेवा यसअघि पनि सञ्चालन भइरहेका थिए ।

भारतमा कोरोना संक्रमितहरुको संख्या अझै बढ्दै गएको र भारतले लकडाउनको अवधि पनि थपेकाले समितिले लकडाउन खुकुलो बनाउन सिफारिस गर्न नसकेको हो । भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै भारतीय सीमाबाट नेपालमा बलपूर्वक प्रवेश गर्न खोज्ने क्रम पछिल्ला दिनमा बढेको छ । सोही कारण सीमा क्षेत्रमा सशस्त्र प्रहरीहरु थढाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको हो । के कति दिन थप्ने भन्ने कुराहरु मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने छ ।

साथै, समितिले नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने कुरामा जोड दिइएको छ । तर लकडाउनका कारण आत्महत्याका घट्नासमेत सुरु भएको कुरामा समितिमा कुनै कुरा गरिएन् । बिडारीका अनुसार समितिले अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौं भन्ने निष्कर्ष बैठकले निकालेको छ ।

Advertisement

Advertisement

Advertisement