हिजो पर्यटन र वैदेशिक रोजगारीको आम्दानी हेरेर दलहरुले प्रदेशहरु त बनाए, अब कसरी चल्ला र ?

Advertisement

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपाली अभियानका एक अभियान्ता बालकृष्ण नेउपानेले वैदेशिक मुद्रा आम्दानीका प्रमुख दुई स्रोतहरु पर्यटन र वैदेशिक रोजगारी नै संकटमा परेपछि खर्चिलो संघीय व्यवस्था धान्न कठिनाई उत्पन्न हुनसक्ने अडकल गरेका छन् । एक अनलाइन च्यानलसँगको कुराकानीमा उनले त्यतिबेला पर्यटन र वैदेशिक रोजगारीको आम्दानी हेर्दै प्रदेशहरु बनाए पनि कोरोना महामारीका कारण सिर्जित आर्थिक संकटको परिस्थितिमा ती दुवै क्षेत्रको आम्दानी घटेपछि प्रदेशहरु धान्न राज्यलाई मुस्किल हुने तर्क अघि सारेका हुन् ।

Advertisement

नेउपानेका अनुसार कोरोनाले विश्वको मात्रै होइन्, नेपालको अर्थतन्त्र पनि डामाडोल हुँदैछ भन्दै अबको छरितो व्यवस्था नअपनाउने हो भने अर्को ठूलो समस्या सिर्जना हुने भन्दै वैदेशिक रोजगारीबाट फर्किएर आउने युवाहरुलाई कसरी व्यवस्थापन गर्ने ? भन्दा पनि दलहरु आफै सत्ता राजनीतिमा अलमलिएको आरोप लगाए ।
उनी भन्छन्, ‘देशको आर्थिक अवस्था डामाडोतिर गएको छ । किनभने वैदेशिक रोजगारीबाट अब रेमिटान्स आउँदैन् । विदेशी मुद्रा आर्जन गर्ने अर्को ठूलो ठाउँ पर्यटन पनि सिद्धियो । अब २० देखि २५ लाख वैदेशिक रोजगारीबाट फिर्ता हुन्छन् । उनीहरुलाई खाने र रोजगारी छैन् । हिजो १०० रुपियाँ आम्दानी हुन्थ्यो भने अब १० रुपियाँमा झर्यो । यिनीहरु (दल)ले १०० रुपियाँ खर्च हुने संरचना बनाएका छन् । आठ वटा राष्ट्रपति, आठ वटा प्रधानमन्त्री, आठ वटा सभामुख, आठ वटा उपसभामुख, संवैधानिक अंगका प्रमुख । यस्तो महंगो संरचना धान्न सक्दैन देशले ।
नेउपानेले खर्च कम गरी मुलुकलाई आर्थिक संकटबाट जोगाउन प्रदेशहरुको खारेजी, सय जनाको मात्रै संसद र १० जनाको मन्त्री मन्त्रिमण्डल बनाउन उपयुक्त हुनेलगायतका सुझाव दिएका छन् ।थप कुराहरु भिडियोमाः

Advertisement

Advertisement