नेताहरुलाई कोरोना संक्रमण भएनभएको हेर्न संसदमा यसरी गरियो ‘पीसीआर टेष्ट’ (फोटो फिचर)

,   २५ बैशाख २०७७, बिहीबार, ०३:४९ pm   
pcr_test_Nepali_leaders

palten_gurungकाठमाडौं । बजेट अभिवेशनको शुभारम्भको अघिल्लो दिन बिहीबार संसद भवनमा नेताहरुलाई कोरोना संक्रमण भएनभएको हेर्न पीसीआर टेष्ट गरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपाका वरिष्ठ नेता माधव नेपाल, सभामुख अग्नी सापकोटा, काँग्रेस महामन्त्री शशांक कोइरालालगायतको पीसीआर परीक्षण विधिमार्फत स्वाब परीक्षण गरिएको हो ।

कोरोना कहरबीच आह्वान गरिएको संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन भन्दै संसद् सचिवालयले विशेषज्ञसहितको प्रतिवेदन र दीव्यमणि राजभण्डारीसहितका साँसदहरुको मागको आधारका साँसदहरुको पीसीआर परीक्षणको व्यवस्था गरेको हो । स्वास्थ्यका कारण प्रधानमन्त्री केपी आली पीसीआर टेष्टका लागि आउन नसके उनकै निवासमै गएर भए पनि परीक्षण गर्नुपर्ने साँसदहरुको सुझाव छ ।

आजको परीक्षणमा अधिकांश मन्त्रीहरुसमेत सहभागी भएको देखिएको थियो । नेताहरुको पीसीआर टेष्टको दृश्यहरु हेर्न लायक थियो । संसद बैठकलाई सुरक्षित बनाउन सुरक्षा सावधानी अपनाइनुका साथै प्रधानमन्त्री केपी ओलीलाई छुट्टै व्यवस्था गरिएको छ । ओलीको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर बैठक कक्षमा १२ कुर्सीमा उनलाई एकल स्थान निर्धारण गरिएको छ ।

aecc

सत्ता पक्षको पहिलो रोहमा बस्ने प्रधानमन्त्रीलाई सङ्क्रमण जोखिम नहोस् भनेर पछाडिको दोस्रो लाइन पनि पूरै खाली राखिने भएको छ । दुई लाइनमा गरी १२ कुर्सी छन् । प्रधानमन्त्री ओलीले समेत अघिल्लो साता बैठक कक्षको अवलोकन गरेका थिए भने उनको निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सुवास आचार्यले पनि बैठक कक्षको अवलोकन गरेका थिए ।

परीक्षणका क्रममा सहभागी एक साँसदले पीसीआर परीक्षण साँसदको मात्रै नभएर जनताको पनि गर्नुपर्ने भन्दै र्यापिड टेष्ट गरेर कोरोनाको सही परीक्षण हुन नसक्ने बताए । उनले सरकारले आर्थिक र प्राविधिक हिसावले अपेक्षाअनुसार सबैको स्वास्थ्य परीक्षण गर्न नसकेको भए आर्थिक हिसावले सम्पन्नहरुलाई पीसीआर पीसीआर किट खरीद गर्न दिएर पनि परीक्षणमा ढिलाई गर्न नहुने बताए ।

उनका अनुसार आरजु राणाको महंगो स्कुलमा महिनाकै ५० हजार तिरेर बच्चाबच्ची पढाउन सक्नेहरुलाई पीसीआर किट खरिद गरेर आफू र आफ्नो परीवारको स्वास्थ्य परीक्षण गर्न कुनै समस्या होइन् । त्यसो गर्दा राज्यको तीनदेखि ३५ सय रुपियाँ पनि जोगिन्छ । ती साँसदले संसदका सदस्यहरुको पीसीआर परीक्षण गर्दा नेपालको छवी अन्तर्राष्ट्रियस्तरमा पनि राम्रो जाने तर्क गरे ।

        

तस्वीरहरुः द्धारिका काफ्ले