दी नेपाल डिष्टिलरीजको सामाजिक पहल, ‘सेवाभावको तस्वीर वा भिडियो शेयर गर्दा रु. १ हजार’

,   २५ बैशाख २०७७, बिहीबार, ०५:२० pm   

काठमाडौं । दी नेपाल डिष्टिलरीजले आफ्नो सामाजिक पहलअन्तर्गत एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ ।

बिशुद्ध सेवाभावका हेतुले कम्पनीले ल्याएको यो नयाँ योजना अनुसार सहयोगी मन हुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्विर वा भिडियो, जानकारी सहित आफ्नो फेसवुकमा ३तजभलभधदचबखभ लेखी शेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ ।

यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फवाट हरेक पोष्ट बराबर रु. १००० का दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेकालाई खाद्यान्न तथा औषधीजन्य सामाग्री उपलब्ध गराउने छ ।

aecc

दी नेपाल डिष्टिलरिजलको समाजिक पहल अन्तर्गत शुरु गरिएको यो योजनामा सहभागी भई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो शुरुवातबाट धेरैले लाभ लिन सक्नेछन् । यो योजना अनुरुप जतिधेरै मानिसले फोटो वा भिडियो पोष्ट गर्यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरीजका तर्फवाट जम्मा हुन जान्छ । जुन रकम वास्तविक रुपमा खाँचोमा परेकाहरुले प्राप्त गर्ने मौका पाउँछन् ।

दी नेपाल डिष्टिलरीजले भनेको छ, ‘वीरताको अर्थ के हो ? आफूसँग कम हुँदापनि बाँड्न सक्नु, सानो भएपनि बाँड्न सक्नु, सानो भएपनि भिन्नता ल्याउनु, आफूसँग केही नहुँदापनि अरुलाई सहयोगगर्नु, कसैलाई साथ दिनु, अटल भएर बिश्वास गर्नु, निःश्वार्थी भएर अरुलाई सहयोग गर्नु र अरुको हेरचाह गर्नु वीरता हो ।’ यही महान उद्देश्यवाट प्रेरित भई कम्पनीले यो योजना ल्याएको जनाएको छ ।