लोमसको ‘ह्यान्ड-एक्स’ स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि

Advertisement

काठमाडौं । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड-एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।

सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनबजंग पाण्डेले जानकारी दिए ।

उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पादन गरिएको जानकारी दिए । ५ सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य पाँच सय पन्ध्र रुपैया पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा मिपार्टमेन्टल स्टोरहरुमा पाइने जानकारी पाण्डे दिए ।

Advertisement

Advertisement

Advertisement