जुलाईअघि नै कोरोनामुक्त अर्थतन्त्रः अष्ट्रेलिया, छिट्टै विदेशी विद्यार्थीलाई खुल्ला गरिने

Advertisement

काठमाडौं । अष्ट्रेलियाले आउँदो जुलाईअघि नै कोरोना भाइरस (कोभिड १९)मुक्त अर्थतन्त्र निर्माण गर्ने घोषणा गर्दै लकडाउन निकै खुकुलो बनाउने निर्णय गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिशनले शुक्रबार अष्ट्रेलिया खुल्ला गर्ने तीन चरणको योजना सार्वजनिक गर्दै सामाजिक दुरी कायम राखी ब्यायामशालादेखि विद्यालयहरु खोल्न दिने निर्णय गरेका छन् ।

केही समय अन्तर्राष्ट्रिय सीमा नाका र लामो यात्रा बन्द रहेने जनाइएको छ । मरिशनले आर्थिक गतिविधिलाई अब अघि बढाउने बताउँदै विदेशी विद्यार्थीलाई पनि खुल्ला गरिने बताएका छन् । अष्ट्रेलियाली अर्थतन्त्रको मुख्य आधारको रुपमा रहेको शैक्षिक क्षेत्र र विदेशी विद्यार्थीहरुलाई चाँडै प्रवेश खुल्ला गर्ने संकेत दिएको हो ।

नेपालभन्दा ५५ गुणा ठूलो अष्ट्रेलियाले कोरोना भाइरसको महामारीलाई सावधानीपूर्वक नियन्त्रणमा लिएको छ । अष्ट्रेलियामा कोरोनाबाट मुत्यु हुनेको संख्या ९७ मात्रै रहेको छ भने करिव छ हजार संक्रमितमध्ये अधिकांश घर फर्किसकेका छन् ।

मरिसनले दुई महिना लामो लडाईंमा कोरोनालाई पछि पार्दै अष्ट्रेलिया अघि बढेको घोषणा गर्दै यसको अर्थ विश्वमै कोरोना संक्रमणको झड्का व्यहोरेर पनि अबको ५० दिन भित्रमा अष्ट्रेलियाली अर्थतन्त्तलाई कोरोनाबाट स्वस्थ गराउने प्रतिवद्धता जनाएका छन् ।

अष्ट्रेलियास्थित सञ्चारविज्ञ डा. भरतराज पौडेलले कोरोना भाइरस रोकथाममा अपेक्षाकृत सफलता पाएसँगै मरिसनको आजको घोषणा आएको देखिन्छ भन्दै अष्ट्रेलिया सरकारले तीन चरणमा देशका विभिन्न क्षेत्रलाई खुल्ला गर्दै जान लागेको बताए ।

मरिसनले दुई महिना लामो लडाईंमा कोरोनालाई पछि पार्दै अष्ट्रेलिया अघि बढेको घोषणा गर्दै यसको अर्थ विश्वमै कोरोना संक्रमणको झड्का व्यहोरेर पनि अबको ५० दिन भित्रमा अष्ट्रेलियाली अर्थतन्त्तलाई कोरोनाबाट स्वस्थ गराउने प्रतिवद्धता जनाएका छन् ।

अष्ट्रेलियास्थित सञ्चारविज्ञ डा. भरतराज पौडेलले कोरोना भाइरस रोकथाममा अपेक्षाकृत सफलता पाएसँगै मरिसनको आजको घोषणा आएको देखिन्छ भन्दै अष्ट्रेलिया सरकारले तीन चरणमा देशका विभिन्न क्षेत्रलाई खुल्ला गर्दै जान लागेको बताए ।

कोरोनाविरुद्ध राम्रो सफलता हासिल गरेका अरु केही देशले यो तहको योजना भने सार्वजनिक गरेका छैनन् । सिंगापुर, अष्ट्रिया, डेनमार्क, इजरायल, चेक रिपब्लिक, ग्रीस, नर्वेलाई कोरोनाविरुद्ध जित हासिल गर्ने अग्रणी मुलुकहरुको समूहमा राखिएको छ । यो समूहमा दक्षिण कोरिया र न्यूजिल्याण्डलाई भने राखिएको छैन् । न्यूजिल्याण्ड सानो देश भए पनि सबैभन्दा सुरक्षित मानिएको छ ।

पौडेलका अनुसार मरिसन सरकारले तीन चरणमा देशका बिभिन्न क्षेत्रलाई खुल्ला गर्दै जाने नीति र योजना सार्वजनिक गरिदिएर बाँकी काम राज्यहरूको काँधमा सुम्पिएको छ । जसको पहिलो सुनुवाई क्वीन्सल्याण्ड र दक्षिण अष्ट्रेलिया, तास्मानिया र उत्तरी टेरीटोरी डार्बिनले गरेको छ। भिक्टोरियाले सोमबार बिज्ञहरूसँग छलफल गरेर के गर्न सकिन्छ ? त्यो हेर्ने बताएको छ । तास्मानियाका प्रिमियर पिटर गट्विन र साउथ अष्ट्रेलियाका प्रिमियर स्टेफन मार्सलको पनि राज्य खुकुलो पार्ने योजना आएको छ।

राजधानी क्यानबेरा करिब करिब नर्मल डेली रूटिनमा आउन शुरू गरेको र पश्चिम अष्ट्रेलिया पनि बिस्तारै खुकुलो हुँदै जाने योजना सार्वजनिक गर्ने तयारीमा रहेको प्रिमियर मार्क म्याकगोवानले जनाउ दिएका उनले बताए ।

अझै पनि अष्ट्रेलियाले विभिन्न निकायलाई सकिन्छ भने केही प्रतिशत कामदार कर्मचारीलाई तेस्रो चरण शुरू नभएसम्मलाई घरबाट काम गर्न प्रोत्साहन गर्न भनेको छ। त्यतिबेलासम्म अहिले जागिर गएकामध्ये १० लाख मानिस काममा फर्कने अनुमान गरिएको भन्दै पौडेलले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, जो भर्ना भएर पनि आआफ्नै देशमा अड्किरहेका छन, उनीहरूलाई आउने ब्यबस्था गरिने र नयाँलाई पनि विस्तारै जुलाईदेखि आउने प्रक्रियाका लागि सम्भावित क्षेत्रको रूपमा राखिएको बताइएको जानकारी दिए ।

यता आन्तरिक हवाई उडान पूरै नखुले पनि उल्लेख्य संख्यामा खुल्ने र ट्रान्स(तास्मन हवाई सेवा र पर्यटन ठिक्क ठिक्क अनुपातमा खुल्ने देखिएको उनले बताए । पौडेलले भने, 'प्रोपर्टी मार्केटलाई बिस्तारै चहलपहलमा ल्याउन केही कदम उठाइएको छ। बजार पसल रेस्टुरेन्ट आगामी हप्तादेखि केही सामान्य हुँदै जाने तर पब र क्लब भने केही दिन नखोल्ने तर पहिलो चरणको योजना प्रभावकारी भए तेस्रो चरण नपर्खिकनै सरकारले त्यो पनि खुल्ला गर्ने देखिन्छ।'

अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबहाक उडान क्वानटास एयरले केही दिनमै सस्तोमा सिड्नीदेखि मेलवर्नसम्मको उडान सुरु गर्ने जनाएको छ । संकटमा परेको भर्जिन एयर पनि दृढताका साथ व्यवसायिक उडानमा फर्किने योजनामा छ ।

डा. पौडेलले अष्ट्रेलियामा दैनिक उपभोग्य वस्तु सहज हुन थालेको केही हप्ता भइसकेको जानकारी दिँदै नेपाली विद्यार्थीहरुलाई त्यस्तो कुनै समस्या नरहेको बताए । उनले जुलाईअघिसम्म अहिले रोजगारी गुमाएका १० लाखलाई पनि रोजगारी दिने तरिकाले अष्ट्रेलियाले काम गरिरहेको भन्दै आउँदो नाभेम्बर महिनासम्ममा विद्यार्थीको चहलपहल पूर्ववतरुपमा हुने अनुमान गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement