साँसदहरुको कोरोना रिपोर्ट 'नेगेटिभ' आयो, अब सबै संसद छिर्न पाउने

Advertisement

काठमाडौं । बजेट अधिवेशनको अघिल्लो दिन पीसीआर टेष्ट गरिएका संसद सदस्य सबैको कोरोना भाइरस (कोभिड १९) रिपोर्ट नेगेटिभ आएको छ । सांसद र कर्मचारी गरी कुल ४४० जनाको स्वाब परीक्षण संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रयोगशालाले शुक्रबार दिउँसो सबैको रिपोर्ट संसद सचिवालयलाई बुझाएको थियो । रिपोर्ट नेगेटिभ आएकाहरुलाई मात्रै संसदमा प्रवेश दिने नियम बनाइएको छ । बिहीबार स्वाब परीक्षण गर्न छुटेकाहरुलाई शुक्रबार नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । दुई दिनमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका अधिकांश साँसद र कर्मचारीको परीक्षण सम्पन्न भएको छ ।

संसदमा साँसदहरुलाई कोरोना संक्रमण नहोस भनेर विशेष सुरक्षा सावधानी अपनाइएको छ भने प्रधानमन्त्रीलाई अझ विशेष व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement