मंगलबारदेखि सेयर कारोबार दैनिक २ घण्टा खोल्ने निर्णय, यसरी खुल्दैछ कारोबार

Advertisement

काठमाडौं । आगामी मंगलबारदेखि सेयर कारोबार दैनिक २ घण्टा खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेप्सेले मंगलबारदेखि बजार दैनिक २ घण्टा खोल्ने निर्णय गरेका हुन् ।

बोर्डको निर्णय अनुसार कारोबार सञ्चालनको प्रक्रिया अघि बढाईसकिएको स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले कर्पाेरेट नेपाललाई जानकारी दिए ।

रानाभाटका अनुसार सिँगो बजारको सर्किट ब्रेकलाई ६ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारिएको छ । त्यस्तै, कम्पनीको सर्किट ब्रेकलाई  १० प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको छ ।

लगानीकर्तालाई पास चाहिएमा ब्रोकर कम्पनीको सिफारिसमा धितोपत्र बोर्डले उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

यस्तो छ बजार खोल्ने व्यवस्था 

प्रेस विज्ञप्ति

नेपाल सरकारको मिति 2077/01/24 को निर्णयानुसार बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् आवश्यक सेवा प्रवाह गर्ने निर्णय भए अनुसार मिति २०७७/01/२६ गते बोर्डको कार्यालयमा बजारसम्बद्ध पक्षहरू NEPSE, CDSC, Merchant Banker, DP, Broker सँग भएको छलफल समेतको आधारमा देहाय बमोजिमको व्यवस्था गरी मिति 2077/01/30 बाट धितोपत्रको दोस्रो बजार कारोबार सञ्चालन गर्न गराउन सम्बद्ध पक्षहरू सबैलाई जानकारी गराइएको छ।

  1. धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गर्ने ।

  2. प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने ।

  3. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने ।

  4. लगानीकर्तालाई Mero Share खाता खोली सोही खाताबाट अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने । २०७७ आषाढ मसान्तसम्म Mero Share को नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने।सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउने ।

  5. धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने ।

  6. नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।

  7. २०७७ आषाढसम्म Online बाट कारोबार गर्ने लगानीकर्ताहरुसँग Password र User ID प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले Password र User ID लिन सक्ने व्यवस्था गर्ने ।

  8. सिडिएसको System बाट आउने Average Price लाई धितोपत्र दलालले Manual Entry गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने ।

  9. लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा Help Desk को व्यवस्था गर्ने र सो को जानकारी दिने ।

  10. NEPSE र CDSC ले आवश्यक Safety Protocol बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने ।

  11. NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने ।

  12. NEPSE, CDSC, Merchant Bankers, DP, Broker कार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउने । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने ।

  13. धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने ।

  14. NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय मिति २०७७।१।२८ गते आईतबार देखि संचालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७७।१।३० गते मंगलबारबाट संचालन गर्ने ।


 

 

 

Advertisement

Advertisement

Advertisement