उद्योग-व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णय स्वागतयोग्यः सीएनआई

Advertisement

काठमाडौँ । लकडाउनलाई जारी राख्दै, यो अवधिमा प्रक्रिया पुर्याएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको नेपाल उद्योग परिसंघ(सीएनआई)ले स्वागत गरेको छ । परिसंघले विज्ञप्ति प्रकाशित गरी सरकारको यस निर्णयले सामान्य रुपमा भए पनि औद्योगिक गतिविधि बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको हो ।

परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि आग्रह गरेको छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिड्डुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश, प्रदेश र स्थानीय तहलाई तीन अलग–अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरेको हो । ‘रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले परिसंघ यसतर्फ कदम चाल्न सरकार सँग आग्रह गर्दछ’–विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement