चीन र अमेरिकाको व्यापार युद्धले विश्व अर्थतन्त्रलाई थप संकटमा धकेल्यो-आइएमएफ

Advertisement

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोषले संकटकालिन अवस्थाका बीच कोरोनाका नाममा झगडा नगर्न चीन र अमेरिकालाई चेतावनी दिएको छ । आइएमएफकी मेनेजिङ डाइरेक्टर क्रिस्टिना जर्बिवाले चीन र अमेरिका बीचको व्यापार युद्धले कोरोना विरुद्धको संघर्षलाई कमजोर बनाउने बताएकी हुन् ।

रोयटर्सका अनुसार डाइरेक्टर क्रिष्टिनाले युरोपियन युनिभर्सिटीको एक अनलाइन इभेन्टलाई सम्बोधन गर्दै चीन र अमेरिकालाई आपसमा झगडा नगर्न चेतावनी दिएकी हुन् । आइएमएफले सन २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले घट्ने अनुमान गरेको थियो । तर कतिपय देशमा त्यो भन्दा पनि धेरै मात्रामा घट्ने संकेतहरु देखा परेका छन् । ‘कुनै औषधी पत्ता नलागेकाले कतिपय देशको अर्थतन्त्रलाई कोरोनासँग जुध्न समस्या भैरहेको छ, अहिले नै यस्तै हुन्छ भन्न पनि सकिन्न’, क्रिष्टिनाले भनिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासँग जुध्ने नाममा चिनियाँ उत्पादनमा थप कर लगाउने धम्की दिएका थिए । शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग गरिएको पहिलो व्यापार वार्ता भंग गर्ने संकेत दिएका थिए ।

क्रिष्टिनाले पनि यतिबेला संरक्षणवादको नीति अघि सार्दा विश्व अर्थतन्त्रमा थप समस्या आउन सक्छ र सुधारका सबै प्रयासहरुमा धक्का लाग्न सक्छ । आइएमएफले सन १९३०को महामन्दीपछि विश्व अर्थ व्यवस्थामा सबैै भन्दा धेरै गिरावट यसपाली नै आएको हो ।

Advertisement

Advertisement

Advertisement