गोदावरी र धुनिबेसीमा य़ुनाइटेड सिमेन्ट्सद्वारा राहतस्वरूप खाद्य सामग्री वितरण

Advertisement

काठमाडौं । केएल दुगड समूहअन्तर्गतको संस्था य़ुनाइटेड सिमेन्ट्स प्रालिले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको जोखिमबाट बच्न अबलम्बन गरिएको लकडाउनका कारण विभिन्न स्थानमा न्यून आयस्रोत भएका तथा दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई राहतको आवश्यकता रहेकोले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिकाका केही स्थानमा खाद्य सामग्री वितरण गरेको कम्पनीले जनाएको छ ।

राहतले उनीहरुको घाउमा मल्हम लगाउने काम गरेको भन्दै युनाइटेड सिमेन्ट्सले यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि जर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement