चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज, छोङछिङबाट फर्कियो हिमालय एयर

Advertisement

काठमाडौँ । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो चाङ्शा उडेको विमानस्थलले जनाएको छ ।

चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन् । निगमको चीनका विभिन्न गन्तव्यमा यो छैटौँ उडान हो । यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो । चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ । त्यस्तै पाँच चार्टर्ड उडान गरेको छ । लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चार्टड उडान ग¥यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चार्टर्ड उडान गरेको थियो ।

हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो
उता, नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङ जियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण ९पिपिइ०, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।

कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सको कार्गो जहाज आज बिहान काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement