राहत प्याकेज पुनरावलोकनको आशमा बैंकर, राष्ट्र बैंक भन्छः सम्भव छैन

Advertisement

काठमाडौं । ‘व्यवसायीलाई २ प्रतिशत ब्याज घटाइदिनुपर्ने राष्ट्र बैंकको राहत प्याकेजले बैंकहरुको नाफा ३ अर्ब २५ करोडले घट्छ, ८० करोड पनि कमी आउँछ । बैंकहरु आफैं कोरोना प्रभावित छ, त्यसकारण यो व्यवस्था पुनरावलोकनका लागि आग्रह गरेका छौं’, नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंक प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

उनले धेरै खाले उद्यमी व्यवसायीलाई ब्याज छुट दिने निर्णय पुनरावलोकन गर्न माग गरेको बताए ।‘कोरोनाले प्रभाव पारेकै उद्योगी व्यवसायी कुन कुन हो, विशेष रुपमा हेरौं अनि राहत दिऔं भनेका हौं, अधिकांश ऋणीलाई राहत दिने कुरा ठिक भएन’, अध्यक्ष दाहालले भने ।

उनले राष्ट्र बैंकले आफ्ना माग सम्बोधन गर्ने अपेक्षा पनि उनले व्यक्त गरे । तर नेपाल राष्ट्र बैंकले भने बैंकरको माग तत्काल सम्बोधन हुने सम्भावना नरहेको स्पष्ट पारेको छ ।‘नयाँ मौद्रिक नीतिमा धेरै कुरा समेटेर आउँछ, तत्काललाई भने बैंकरका माग सम्बोधन हुने कुरा सम्भव छैन्’, राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले कर्पाेरेट नेपालसँग भने ।

राहत प्याकेजमा सकेसम्म कोरोना प्रभावित क्षेत्रलाई समेट्ने प्रयास गरिएको दावी पनि उनले गरे । ‘हामी वृहत अध्ययन गरेर नै यो प्याकेज अघि सारेका हौं, अहिले नै संसोधन हुने सम्भावना छैन्, अलिपछि भने थप अध्ययन गरेर संसोधन गरौंला’, ति कार्यकारी निर्देशकले भने ।

Advertisement

Advertisement

Advertisement