एक लाख घुस रकम सहित अख्तियार टोलीले वन हाकिमलाई समात्यो

Advertisement

काठमाडौँ । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो ।

अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ ल्याइएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए । सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लगाइएको छ ।

Advertisement

Advertisement

Advertisement