भारतीय सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वसहायक रथी र सशस्त्रका पूर्वएआईजी पक्राउ

Advertisement

काठमाडौँ । भारतीय सीमा अतिक्रमणको विरोध गरेको भन्दै प्रहरीले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यातलाई पक्राउ गरेको छ ।

सत्तारुढ दल नेकपाको कार्यालय अगाडि पत्रकार सम्मेलन गरेको सीमा अतिक्रमणको विरोध जनाएको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भने उनीहरुलाई लकडाउन उल्लंघन गरेकोले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठ र बस्न्यात दुवैलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खनेपछि त्यसको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्‍न्यातलाई विज्ञप्ति पढिरहेको बेला पक्राउ गरिएको थियो । यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले राजधानीको विभिन्‍न स्थानबाट पक्राउ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement