सीमा अतिक्रमण विषयले संसदमा होहल्ला, ज्ञवाली भन्छन्– सरकार जानकार छ, कुटनीतिक पहल गछौं

,   २८ बैशाख २०७७, आईतवार, १२:५० pm   
pradeep_gyawali

काठमाडौं । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा आइतबार संसदमा चर्को बहसको विषय बनेको छ । साँसदहरुले चर्को विरोध गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दोहोर्याएर जवाफ दिएका छन् ।

भारतले पेलेर नेपाली भूमिमा सडक बनाउँदा पनि सरकार मुकदर्शक भएको, कुटनीतिक समाधान खोज्न पहल नगरेको भन्दै यसमा नेपाली पक्षको कमजोरीको फाइदा उठाउँदै भारतले सीमा अतिक्रमण नरोकेको बताएका थिए । भारतले नेपाली भूमि लिपुलेक हुँदै मनसरोबर जान ट्राक खोलेको समाचार बाहिरिएसँगै त्यसको चर्को विरोध भइरहेको छ ।

मन्त्री ज्ञवालीले भने नेपाली भूमिको रक्षाका लागि सबैले आवाज उठाउँदै नै सरकारलाई शक्ति मिल्ने भन्दै सीमा अतिक्रमणको विषयमा सरकार जानकार रहेको र कुटनीतिक पहलका लागि काम गरिरहेको दावी गरे । भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिँदै उनले नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको बताए ।

aecc

सीमा नमिच्न नेपालले आग्रह गरे पनि भारतले त्यसलाई ध्यान नदिएको ज्ञवालीको भनाई छ । उनले भने, ‘निरन्तर पहलका बाबजुद हाम्रो आग्रहलाई ध्यान नदिएर यो भएको हो ।’ सुगौली सन्धिलाई परिवर्तन गर्ने गरी अर्को सन्धि नभएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘काली नदी नै हाम्रो सीमा हो । एकतर्फी निर्णय स्वीकार्य हुँदैन र छैन ।’