भारतले कुटनीतिक समाधान खोज्न नमाने विकल्पमा पनि जानुपर्ने हुनसक्छः प्रचण्ड

Advertisement

काठमाडौँ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिक तरिकाले सीमा विवाद समाधान गर्न भारतले नमाने विकल्पमा पनि जानसकिने तर्क अघि सारेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार उनले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो ? भन्ने निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक निर्माण अघि बढाएको विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्डले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट सीमा विवादको समस्या समाधान खोज्नुपर्ने भन्दै त्यसबाट समाधान भारत तयार नहुने संकेत देखिए विकल्पमा जान सकिने संकेत दिएका हुन् ।

उनले भने, ‘कुटनीतिक माध्यम र उच्च राजनीतिक तहबाट समस्या समाधान नहुने हो भने के गर्ने ? भन्ने निष्कर्षमा नेपाल पुग्नुपर्छ ।’ भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको भन्दै प्रचण्डले लिपुलेकको समस्या त्रिदेशीय बन्न गएको बताए । भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेकोले समस्या समाधान पनि त्रिदेशीय ढंगबाट गर्नुपर्ने तर्क अघि सारे ।

Advertisement

Advertisement

Advertisement