राष्ट्र बैंकको सर्कुलरलाई कास्की जिल्ला प्रशासनको चुनौती, आधा शाखा मात्रै खोल्न निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको सर्कुलरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले चुनौती दिएको छ । सरकारको निर्णय अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्ना शाखा खोल्न निर्देशन दिएको थियो । निश्चित कर्मचारी र सवारीहरुलाई पास दिएर सबै शाखा खोल्न राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार तयारी गरिरहेका बैंकहरुलाई जिल्ला प्रशासनले पत्र लेखेर आधा शाखा मात्रै खोल्न भनेको हो ।

‘जिल्ला प्रशासन कार्यालयले पत्र लेखेर आधा शाखा मात्रै खोल्नु भन्यो, हामीले पनि पत्राचार गरेर आधा शाखा मात्रै खोल्न भनेका छौं ।’, बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कर्पाेरट नेपालसँग भने । बैंकर्स संघले आफ्ना सबै सदस्यहरुलाई कास्की जिल्लामा रहेका कुल शाखामध्य आधा मात्रै खोल्न पत्राचार गरेको छ ।

देशका अन्य भागमा बैंकका सबै शाखा खुला गरिएका छन् । तर कास्कीमा भने आइतबारदेखि आधा शाखा मात्रै खुलेका छन् । कास्कीमा बाणिज्य बैंकहरुको १५० वटा शाखा छन् । तिमध्ये ८० वटा शाखामा मात्रै खुला गरिएको छ ।

Advertisement

Advertisement

Advertisement