नेपाल बैंकको नाफा घट्यो तर यसो भन्छन् सिइओ

Advertisement

काठमाडौं । नेपाल बैंकको नाफा २४ करोड रुपैयाँले घटेको छ । २०७५ चैत मसान्त अवधीमा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको बैंकले यसापली चैत मसान्त अवधीमा जम्मा एक अर्ब ९९ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा झन ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैंकले चैत मसान्त अवधीमा एक खर्ब २२ अर्ब रुपैयाँ संकलन गरेर एक खर्ब एक अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन २०७५ चैत मसान्तमा ४ अर्ब ७२ करोड रुपैयाँ थियो ।
९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १४ अर्ब १७ करोड रुपैयाँ छ ।

बैंकको प्रति सेयर आम्दानी २७.१३ रुपैयाँ छ । बैंकले खराब कर्जा २.६४ प्रतिशतमा झारेको छ जुन २०७५ चैतमा २.७१ प्रतिशत थियो । बैंकको कस्ट अफ फण्ड ४.९१ प्रतिशत छ । बैंकको आधार ब्याजदर ७.४९ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.४९ प्रतिशत छ जुन २०७५ चैतमा ५.५० प्रतिशत थियो । बैंकको सीडी रेसियो ७३.६५ प्रतिशत छ ।

यसो भन्छन् सिइओ
यसपाली नेपाल बैंकको खुद नाफा २ अर्ब २४ करोडबाट घटेर एक अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । हामीले स्प्रेड दरलाई राम्रोसँग व्यवस्थापन गर्न सफल भएका छौं । हाम्रो स्प्रेड दर ४.४९ प्रतिशत मात्रै छ, जुन अरु बैंकको ५.५ प्रतिशतको हाराहारीमा छ । त्यसकारण पनि केहि नाफा घट्न आएको हो ।

वितरण योग्य नाफा ६ करोड १९ लाख ऋणात्मक देखिन्छ । हाम्रो ४३ प्रतिशत ब्याज उठेको छैन् । त्यसका लागि एक अर्ब ८ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा राखेका छौं । त्यसकारण वितरणयोग्य नाफा ऋणात्मक आएको हो । लगानीकर्ताले डराउनुपर्ने कुनै कारण छैन् ।

कोरोनाले सबै बैंकलाई असर गरेकै छ, हामीलाई पनि प्रभाव पारेको हो । वितरणयोग्य मुनाफा ऋणात्मक छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन् । बैंकको परफरमेन्स राम्रो भैरहेको छ ।-सिइओ कृष्ण अधिकारीसँग गरिएको कुराकानीमा आधारित

Advertisement

Advertisement

Advertisement