‘इन्टरनेट सेवा सस्तो गर, अदृश्य गम्भीर समस्या हुनबाट नागरिकलाई बचाउ'

Advertisement

लकडाउनका लम्बिंदै गर्दा मान्छेहरू निरन्तर गहिरो मानसिक तनावबाट गुज्रदै छन् । समस्या न्यूनिकरण गर्नका लागि सरकारले ठोस योजना ल्याउनुपर्छ ।

१. खाना नपाएकाहरूलाई मर्न नदिन खाना खुवाउने ब्यवस्था गर्नुपर्छ, एकजना पनि भोकै मर्न हुँदैन ।

२. समय कटाउन र शान्त रहन मोबाईल सेवा वा डेटा वा ईन्टरनेट सेवा एकदम सस्तो भाउमा उपलब्ध गराउनु पर्छ ।

३. समय सजिलो कटाउनका लागि टिभी वा केबल सेवा एकदम सस्तो बनाईदिनुपर्छ ।

४. प्रत्येक घरपरिवारको हालचाल र समस्या बुझ्न वडावडामा पिआर अफिसर तोकिनुपर्छ ।

५. वडा वडामा सरकारी फेसबुक ग्रूप खोलेर जनतासंग सरकार प्रत्यक्ष सम्पर्कमा रहनुपर्छ ।

६. कोरोनाको समग्र पक्षलाई सम्हाल्न सरकारले विविध विज्ञहरूको टिम बनाएर जनतालाई सही सल्लाह दिने र सरकारले दिने सेवा सुविधाको बारेमा सूचित गरिरहनुपर्छ ।

७. कहाँ कुन परिवारमा के समस्या परेको छ त्यसको तुरून्त पहिचान गर्दै योजना बनाउदै तत्काल समाधान गर्दै जानुपर्छ ।

८. जनता ठूलो पीडामा छन्, संकटमा छन्, मानसिक समस्यामा छन्– सरकारले यसलाई गंभीर ढंगमा लिनुपर्छ ।

९. फोहर गुन्द्रीमुनि राखेर वा जनतालाई बेफ्वाँकको उपदेश मात्र दिएर, आग्रही दृष्टिकोणको प्रवचन फलाकेर समस्याको समाधान हुन सक्दैन । यसको समाधानका लागि ठोस योजना र पहल ब्यवहारमा ल्याएर कार्यान्वयन गर्नुपर्छ ।

१०. रूखको टोड्कोमा बसेर म त ठीक छु, तपाईहरू पनि ठीक हुनैपर्छ भन्ने वर्तमान रवैया घातक हुनेछ ।

बेलामै चेतौं, सचेत होऔं ।

(उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् ।)

Advertisement

Advertisement

Advertisement